Sep 19 2024 | २०८१, असोज ३ गते

जसपाको केन्द्रीय समिति बैठक आह्वान

जसपाको केन्द्रीय समिति बैठक आह्वान

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • जसपाको केन्द्रीय समिति बैठक आह्वान

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ । 

    images
    images

    यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।

    साथै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए । उनका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट