Sep 19 2024 | २०८१, असोज ३ गते

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

    बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि  ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार  ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी  परेको हो ।

    images
    images

    महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी  विष्णुकुमारी सापकोटा र  राप्रपाकी  विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।  

    केसी दाङ, सापकोटा गुल्मी र  सिंह कपिलवस्तु जिल्ला निवासी हुन् । त्यस्तै अर्को एक सिटका लागि  जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरनजन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ ।

    उम्मेदवारी दर्ता गराउने  जनमतका चौधरी  नवलपरासीका हुन् भने जिसी पाल्पा, थापा रुपन्देही र सुवेदी रोल्पा जिल्ला निवासी हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट