Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २४ २०८०
  • राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ ।

    images
    images

    राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एकरएक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।

    मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट