Sep 19 2024 | २०८१, असोज ३ गते

पक्राउ परेका बम्जनको घरबाट तीन करोडभन्दा बढि नगद बरामद 

पक्राउ परेका बम्जनको घरबाट तीन करोडभन्दा बढि नगद बरामद 

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
  • पक्राउ परेका बम्जनको घरबाट तीन करोडभन्दा बढि नगद बरामद 

    काठमाडौँ। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेर मंगलबार काठमाडौंबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार रुपैया बरामद गरेको छ । उनको घरबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभ र केही विदेशी मुद्रासमेत बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जनाएको छ ।

    images
    images

    बम्जनलाई सिआइबीले हिजो बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो । बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।  बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

    प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेनन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट