images

Jun 27 2024 | २०८१, असार १३ गते

नवौं राष्ट्रिय खेलकूदको मिति अब नसर्ने : खेलकूदमन्त्री

नवौं राष्ट्रिय खेलकूदको मिति अब नसर्ने : खेलकूदमन्त्री

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २४ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २४ २०७९
  • नवौं राष्ट्रिय खेलकूदको मिति अब नसर्ने : खेलकूदमन्त्री

    काठमाडौं । युवा तथा खेलकूदमन्त्री महेश्वर जंग गहतराजले नवौं राष्ट्रिय खेलकूदको मिति अब नसर्ने बताएका छन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठकमा बोल्दै मन्त्री गहतराजले खेलकूद प्रतियोगिता सम्पन्न गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    images
    images

    सरकारले यसै वर्षको असोज २८ देखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता गर्ने निर्णय गरिसकेको छ । विभिन्न कारण पटक पटक सरेको प्रतियोगिता अब नसर्ने मन्त्री गहतराजले बताए । नवौं राष्ट्रिय खेलकुदका अधिकांश प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुनेछन् ।

    खेल पूर्वाधारको अभावका कारण केही खेल राजधानीमा पनि हुनसक्ने मन्त्री गहतराजको जानकारी दिए । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण छिट्टै सम्पन्न हुने पनि उनले विश्वास व्यक्त गरे ।

    नवौं राष्ट्रिय खेलकूद कोरोना महामारीका कारण रोकिएको थियो । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर विश्वव्यापीरूपमा फैलिएको कोभिड संक्रमणका कारण खेलकुद स्थगित भएको थियो । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार