images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको सिरिज आजदेखि, पहिलो खेलमा वर्षा बाधक बन्ने सम्भावना

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको सिरिज आजदेखि, पहिलो खेलमा वर्षा बाधक बन्ने सम्भावना

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
  • नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको सिरिज आजदेखि, पहिलो खेलमा वर्षा बाधक बन्ने सम्भावना

    काठमाडौँ । नेपाल ‘ए’ र टेस्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टिमको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ  । सिरिजको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने तालिका छ ।

    images
    images
    images

    यद्यपि पहिलो खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षाको सम्भावना छ । यदि मौसमले साथ दिएमा तीन खेलको सिरिजमा नेपाल ‘ए’ जित हात पार्दै अग्रता लिन चाहन्छ ।

    उता पाहना टिम आयरल्याण्ड सिनियर टोलीसँगको हारको बदला ‘ए’ टिमविरुद्ध लिने दाउमा छ । उसले नेपालसँगको दुई खेलको सिरिजमा सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । 

    उक्त श्रृंखलामा आयरल्याण्ड ‘ए’ पहिलो खेलमा १२१ तथा दोस्रो टी–२० मा १२७ रनमै अलआउट भयो । खराब ब्याटिङकै कारण उसले पहिलो खेलमा ६ विकेट र दोस्रो म्याचमा ७३ रनको हार बेहोर्‍यो ।

    आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ सँगको श्रृंखलामा भने उत्कृष्ट प्रदर्शन गर्ने सोचमा छ । यी दुई टिमले दोस्रो टी–२० शुक्रबार र तेस्रो म्याच आइतबार खेल्ने तालिका छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार