images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

एन आई सी एशिया बैंक तथा एन आई सी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने 

एन आई सी एशिया बैंक तथा एन आई सी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने 

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
  • एन आई सी एशिया बैंक तथा एन आई सी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने 

    काठमाडौँ ।   एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ ।

    images
    images
    images

    एक नेपाली, एक डिम्याट खाता अभियान मार्फत देशको दुर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट यही जेठ १ गते देखि आषाढ मसान्त सम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।
     
    एनआईसी एशिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन अनलाइन” मा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेभसाइट मार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न आग्रह गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार