images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

दरबारमार्गस्थित क्यासिनो प्यालेसमा राजस्वको छापा, एक करोड ५ लाख बरामद

दरबारमार्गस्थित क्यासिनो प्यालेसमा राजस्वको छापा, एक करोड ५ लाख बरामद

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
  • दरबारमार्गस्थित क्यासिनो प्यालेसमा राजस्वको छापा, एक करोड ५ लाख बरामद

    काठमाडौँ । दरबारमार्गस्थित क्यासिनो प्यालेसमा राजस्व विभागले छापा मारेको छ । विदेशी रकमको अवैध कारोबार भइरहेको सूचनाका आधारमा विभागले बिहीबार राति क्यासिनोमा छापा मारेको थियो । सो क्रममा १ करोडभन्दा बढी रकम बरामद भएको विभागका महानिर्देशक चक्र बहादुर बुढाले जानकारी दिए ।

    images
    images
    images

    २ वर्षदेखि बन्द रहेको होटल अन्नपुर्ण परिसरमा रहेको क्यासिनो प्यालेस एटलान्टिक रिक्रियसन प्रालिका नाममा दर्ता छ । होटल बन्द रहे पनि उक्त परिसरमा अनलाइन जुवा खेलाइँदै आएको छ ।

    यसअघि गएको माघ तेस्रो साता विभागलेले उक्त क्यासिनोमा छापा मारेको थियो । त्यसक्रममा क्यासिनोका निर्देशक ऋषभ पावासहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक हुन् । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन र अनलाइन जुवा सम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ ।

    विभागले पावा बस्दै आएको हाउजिङ र क्यासिनोको अन्डरग्राउन्डबाट ५६ हजार अमेरिकी डलर, एक करोड ८ लाख नेपाली रुपैयाँसहित ठूलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको थियो ।

    क्यासिनो प्यालेस गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको छ । पार्किङ, स्विमिङ, रेस्टुराँ र फिटेनश क्लबसहित ८ प्रकारका सुविधा दिएर सञ्चालित होटलमा अनुमति लिएर क्यासिनो सञ्चालन गर्न सकिने व्यवस्था क्यासिनो नियमावली–२०७० मा छ ।

    तर अन्नपूर्ण होटल २ वर्षयता बन्द रहेता पनि उक्त परिसरमा क्यासिनो सञ्चालन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार