images

Jun 26 2024 | २०८१, असार १२ गते

भारतीय निर्वाचनको मत गणना सुरु : आयोग

भारतीय निर्वाचनको मत गणना सुरु : आयोग

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • भारतीय निर्वाचनको मत गणना सुरु : आयोग

    भारतको निर्वाचन आयोगले मङ्गलबारदेखि भर्खरै सम्पन्न चुनावको मत गणना सुरु गरेको छ । सातौँ चरणमा सम्मपन्न भएको ६४ कारोड २० लाख मतको गणना गर्न थालेको निर्वाचन आयोगले जनाएको छ ।   

    images
    images

    विगतका वर्षमा, मतका प्रमुख प्रवृत्तिस्पष्ट भएका छन्, हारेकाहरूले हार स्वीकार गरे पनि पूर्ण र अन्तिम परिणाम मङ्गलबार रातिसम्म मात्र आइसक्नेछ । 

    प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) भारतको चुनावमा एक चौथाई मत गणनामा ३९.३ प्रतिशत मतका साथ पहिलो स्थानमा रहेको राष्ट्रिय निर्वाचन आयोगको तथ्याङ्कले मङ्गलबार देखाएको छ ।

    तल्लो सदनमा संसदीय बहुमतका लागि आवश्यक दुई सय ७२ भन्दाबढी सिटमा भाजपा र यस गठबन्धन सहयोगी कम्तीमा दुई सय ८१ सिटमा अगाडि रहेको आयोगको तथ्याङ्कले देखाएको छ । 

    विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा छ हप्ता लामो चुनावपछि एक्जिट पोलले मोदी विजयको बाटोमा रहेको देखाएको आकलन गरिएको छ ।

    मोदीले आफू पहिलो पटक प्रधानमन्त्री बनेको एक दशकपछि आफ्नो सरकारलाई पुनःनिर्वाचित गर्न भारतका जनताले उल्लेख्य सङ्ख्यामा मतदान गरेको कुरामा विश्वस्त रहेको बताएका छन् ।

    बढ्दो हिन्दू राष्ट्रवादी भावनाप्रति मोदीको अपिलले उनलाई सत्तामा तेस्रो कार्यकाल दिने पर्यवेक्षक विश्वास गर्छन् ।

    मत इलेक्ट्रोनिक मतदान मेसिनमा खसालिएको थियो, त्यसैले गणना सम्भवतःछिटो हुनेछ, परिणाम प्रत्येक घन्टामा आउने अपेक्षा गरिएको छ ।

    प्रत्येक राज्यका प्रमुख केन्द्रमा मङ्गलबार बिहान गणना सुरु गरी कम्प्युटरमा डाटा समावेश गरिएको छ ।  

    जनताले भारतीय लोकतन्त्र शक्तिको बारेमा जान्नुपर्ने बताउँदै मुख्य निर्वाचन आयुक्त राजिवकुमारले सोमबार बलियो गणना प्रक्रिया भएको जनाएका छन् ।

    परिणामले एक्जिट पोलको भविष्यवाणीलाई प्रतिबिम्बित गर्छ भने मोदी भाजपाको मुख्यालयमा उत्सव मनाइने अपेक्षा गरिएको छ ।

    विजयी पद दुई सय ७२ सिटको साधारण बहुमत हो भने सन् २०१९ चुनावमा भाजपाले तीन सय ३ सिट जितेको थियो ।  

    व्यापक गर्मीको बिचमा भएको यो मतदानलाई निर्वाचन प्रमुख कुमारले सोमबार “विश्व रेकर्ड” घोषणा गरे ।

    सोमबार पश्चिम बङ्गाल राज्यका दुईवटा स्टेसनमा पुनःमतदान भएको हुनाले अन्तिम मतदाताको तथ्याङ्क भने अझै जारी हुनसकेको छैन ।

    विश्लेषकले आंशिकरूपमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको उत्तरी भारतमा बढ्दो गर्मीको लहरले कम मतदान भएको आरोप लगाएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार