images

Jul 05 2024 | २०८१, असार २१ गते

आईसिसी टी–२० विश्वकप : सुपर ८ का खेलमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

आईसिसी टी–२० विश्वकप : सुपर ८ का खेलमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  • आईसिसी टी–२० विश्वकप : सुपर ८ का खेलमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

    काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजबाट सुपर ८ का खेल सुरु हुँदैछ। सुपर ८ को पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिकाबीच भिडन्त हुँदैछ। अमेरिका र दक्षिण अफ्रिकाबीचको खेल सर विभियन रिचर्ड्स स्टेडियममा राति ८ः१५ बजेबाट सुरु हुनेछ।

    images
    images

    एडन मार्करमको कप्तानीमा रहेको दक्षिण अफ्रिका समूह ‘डी’ को विजेता बन्दै सुपर ८ मा पुगेको हो भने मोनाङ्क पटेलको कप्तानीमा रहेको अमेरिका समूह ‘ए’ को उपविजेता बन्दै सुपर ८ मा पुगेको हो।

    सुपर ८ मा समूह ‘ए’ बाट भारत र अमेरिका, समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्ग्ल्यान्ड, समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्गलादेशले स्थान सुरक्षित गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट