images

Oct 05 2024 | २०८१, असोज १९ गते

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंककाे आग्रह

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंककाे आग्रह

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंककाे आग्रह

    एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले स्थायी लेखा नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।

    बैंकका अनुसार, ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको 'प्यान अपडेट' विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिनेछ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न आवेदन दिन सक्ने प्रबन्धसमेत मिलाइएको बैंकले जनाएको छ ।

    साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बरहरूमा सम्पर्क गरी सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।

    एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट