images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

देशैभर बाढीको बितन्डा, तराईमा डुबान र पहाडमा पहिरो

देशैभर बाढीको बितन्डा, तराईमा डुबान र पहाडमा पहिरो

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • देशैभर बाढीको बितन्डा, तराईमा डुबान र पहाडमा पहिरो

    काठमाडौँ ।  एकाएक सुरु भएको अबिरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको छ। बाढी पहिरोले धेरैतिर सडक अवरुद्ध भएका छन्। थुप्रै व्यक्ति बासबाट विस्थापित भएका छन्। बाढीका कारण दुई जनाको निधन भएको छ भने केही बेपत्तासमेत भएका छन्।  

    images
    images
    images

    लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । कैलाली कञ्चनपुरको कयौँ बस्ती डुबानको चपेटमा परेका छन् । महाकाली कर्णाली, मोहोना तथा कन्द्रा लगायताका नदीमा पानीको सतह बढ्दै गइरहेका छन्। जसका कारण नदी तटीय बस्ती अझै जोखिममा पर्ने जनाइएको छ। पहाडी जिल्लामा निरन्तर पहिरो गइरहेको छ । पहिरोका कारण सडक यातायात अवरुद्ध भएको छ ।

    सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पहिरोले डोटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) रवीन्द्र केसीले दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे(मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको बताए ।

    डिआईजी केसीका अनुसार ठूलो पहिरो नखसेकोले यथाशीघ्र पहिरो हटाएर सडक यातायात सुचारु गर्न काम पनि जारी छ । डडेल्धुराको रडुवामा पहिरो खसेका कारण डडेल्धुरा डोटी सडक केही समय अवरुद्ध भए पनि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ । पहाडी जिल्लाका ग्रामीण सडकहरू समेत बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् ।

    आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर-जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ । बझाङको बाहुली गाडमा आएको बाढीले सदरमुकाम चैनपुर नजिकको पुरानो बसपार्क छेउमा कटान सुरु गरेको छ ।

    यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।पहिरोको जोखिममा परेका दार्चुलाको मार्मा गाउँपालिका-२ का १० परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

    अछामको चौरपाटी गाउँपालिका-६ का ९ परिवार र मंगलसेन नगरपालिका-८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    डिआईजी केसीले केही ठाउँमा पहिरोको जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिए पनि हालसम्म मानवीय तथा क्षति भने भएको छैन।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार