images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

बाढी पहिरोले ४४ वटा राष्ट्रिय सडकमा क्षति, २७ वटा सडक अझै अवरुद्ध

बाढी पहिरोले ४४ वटा राष्ट्रिय सडकमा क्षति, २७ वटा सडक अझै अवरुद्ध

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • बाढी पहिरोले ४४ वटा राष्ट्रिय सडकमा क्षति, २७ वटा सडक अझै अवरुद्ध

    काठमाडौँ । दुई दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभर ४४ राजमार्गमा क्षति पुगेको छ भने २७ राजमार्ग अवरुद्ध छन्।

    images
    images
    images

    नेपाल प्रहरीका अनुसार बाढी र पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। बाढी र पहिरोले क्षति पुगेका ४४ मध्ये १७ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्।

    अझै पनि २७ राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बाटामै रोकिएका छन्। अवरुद्ध बनेकामध्ये केही राजमार्ग सञ्चालन गर्न चार-पाँच दिन नै लाग्ने प्रहरीले जनाएको छ।

    कोशी प्रदेशमा तीन वटा राजमार्ग अवरुद्ध छन्। बाढीले संखुवासभामा दक्षिण कोशी र कोशी राजमार्ग अवरुद्ध छन्। त्यस्तै, पहिरोले सुनसरीको चतरा-बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ।

    पहिरोले बागमती प्रदेशका ६ वटा राजमार्गमा क्षति पुर्‍याएको छ। रसुवाको स्याफ्रुबेसी-थाम्बुचेत राजमार्ग खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, चितवनमा पृथ्वी राजमार्ग, मकवानपुरमा भीमफेदी-काठमाडौं-हेटौंडा, भीमफेदी-काठमाडौं र कान्ति लोकपथ तथा काभ्रेमा बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

    गण्डकी प्रदेशमा नौ वटा राजमार्गमा बाढी र पहिरोले क्षति पुगेको छ। बाढीले मनाङमा चामे-बेंसीशहर, पहिरोले म्याग्दीमा बेनी-दरवाङ र बेनी(जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, स्याङ्जामा सिद्धार्थ राजमार्ग, नवलपरासी (पूर्व)मा कालीगण्डकी करिडोर बाग्लुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

    पर्वतमा मालढुंगा-बेनी सडक, स्याङ्जामा सिद्धार्थ राजमार्ग र तनहुँमा पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन्।

    यसैगरी, लुम्बिनीमा १७, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच वटा सडकमा बाढी र पहिरोले क्षति पुगेको छ। पहिरो पन्छाएर केही सडक सञ्चालनमा आएका छन् भने अधिकांश पूर्ण रूपमा अवरुद्ध छन्।

    flood_1.jpg

    flood_2.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार