images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल

लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल

    काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त  ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ टेबुल भएको छ ।  

    images
    images
    images

    सङ्घीय संसद् सचिवालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भई पारित भएको उक्त विधेयकलाई राष्ट्रियसभाको सन्देशसहित टेबुल गरेका हुन् । राष्ट्रियसभाबाट उक्त विधेयक आजै पारित भएको थियो ।

    दुवै सदनबाट पारित उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरणपछि लागु हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते सोमबार बिहान ११ बजे बस्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार