Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखद :  प्रमुख सचेतक लेखक

सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखद :  प्रमुख सचेतक लेखक

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
  • सरकार सदनप्रति उत्तरदायी नहुनु दुःखद :  प्रमुख सचेतक लेखक

    काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उनले देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र  ८६ घाइते भएका तथा अर्बौंको क्षति भएको बताए ।  

    सांसद लेखकले बाढीपहिरो र डुबानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा स्पष्ट पार्न नसक्नु दुःखद भएको बताए । उनले भने, “सरकारले विश्वासको मत लिने तयारी गरिरहेको छ । यसमा सरकारले ३० दिन पूरै लिओस् कुनै आपत्ति छैन् तर सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनपर्यो ।”

    सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गरे । उनले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यनाकर्षण गराए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार