images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सुनको मूल्य तोलामा १ लाख ५० हजार नजिक

सुनको मूल्य तोलामा १ लाख ५० हजार नजिक

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २ २०८१
  • सुनको मूल्य तोलामा १ लाख ५० हजार नजिक

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।  

    images
    images
    images

    जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

    यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार