images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
  • युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

    वासिङ्टन डिसी । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु-याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्।

    images
    images
    images

    नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार युएसएआइडीको मुख्यालय डिसीमा उनको शपथ गराएकी छन्। कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए। 

    उक्त अवसरमा खरेलले युएसएआइडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार