images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाहीको माग

किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाहीको माग

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन ७ २०८१
  • किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाहीको माग

    काठमाडौँ  । छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।  

    images
    images
    images

    राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरे । 

    सांसद पूजा चौधरीले इलामदेखि कञ्चनपुरसम्मको चुरे क्षेत्र, भावर क्षेत्रको जलाधार क्षेत्र क्षयीकरण हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराए । यसबाट वातावरणीय समस्या बढ्दै गएको तथा पानीको स्रोत सुक्दै गएकाले त्यसप्रति गम्भीर बन्न सरकारसँग आग्रह गरे। उनले गाउँबस्ती कटान र डुबानले प्रभावित भएको उल्लेख गर्दै चुरे क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । 

    सांसद शेखरकुमार सिंहले मधेश–प्रदेशको संस्कृति संरक्षण गर्न आवश्यक भएको उल्लेख गरे । यसले पर्यटकलाई आकर्षण गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

    सांसद कृष्णप्रसाद अधिकारीले खस्कँदो अर्थतन्त्रमा सुधार ल्याउन सुझाव दिए । 

    सांसद विष्णुकुमारी सापकोटाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर स्वदेशमै स्थानीय तहबाट नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार