images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ९ २०८१
  • बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

    काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन :सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान/अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले  जानकारी दिए ।
     
     काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११ः११ दुर्घटनामा परेपछि दुवैतर्फका उडान/अवतरण बन्द भएको थियो । चालक दलका सदस्यसहित १९ जना यात्री रहेको सो विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।  

    images
    images
    images

    सो दुर्घटनामा परी हालसम्म १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । विमान चालक मनिष रत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार