images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १० २०८१
  • मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त

    काठमाडौँ । सरकारले नेपाल सरकारको  कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    images
    images
    images

    त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको उनले जानकारी दिए।

    अधिकारी त्रिभुवन विश्वविद्यालयमा  अर्थतन्त्र प्राध्यापक छन् । बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार