Sep 19 2024 | २०८१, असोज ३ गते

सङ्घीय संसद भवन निर्माण छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

सङ्घीय संसद भवन निर्माण छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन १५ २०८१
  • सङ्घीय संसद भवन निर्माण छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

    काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    images
    images

    मङ्गलबार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुगेको उनले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गरेका हुन्।

    उनले सबै सम्भावनाहरुलाई प्रयोग गरेर भए पनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिए। पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरुको सङ्ख्या बढाएर कामलाई तीव्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराए ।

    उपप्रधानमन्त्री सिंहले समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरुले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिहेका बताए । बाँकी भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरुले काम गरिरहेको उनको भनाइ थियो ।

    शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको सङ्ख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालले बताए ।

    उनका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

    २०७६ साल असोज १६ गते करिव ६ अर्ब ३० करोड लागतमा तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित सुरु भएको सो भवन निर्माण कार्य कोभिडका कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

    बाँकी भने थप गरिएको समयभित्र सो कार्य सम्पन्न गराउनका लागि निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भइरहेको मन्त्रालयका सचिव गेलाले बताए ।

    यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट