बाढी र डुबानले अस्तव्यस्त काठमाडौँको जनजीवन (फोटो फिचर)
बाढी र डुबानले अस्तव्यस्त काठमाडौँको जनजीवन (फोटो फिचर)
काठमाडौँ । गएरातिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरू लेदो पानीले भरिएको देख्न सकिन्छ । काठमाडौँको बल्खु, भक्तपुरको हनुमन्ते खोला आसपासका क्षेत्रहरूमा बाढी पसेको छ जसले उपत्यकाका आमनागरिकको जनजीवन प्रभावित भएको छ ।
नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरू पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ । नदी छेउका सडकहरूमा पनि राम्रोसँग गाडी सञ्चालन हुन सकेका छैनन् । कतिपय विद्यालयहरू बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । कतिपय ठाउँमा घरभित्रै बाढी पसेको छ ।