Sep 19 2024 | २०८१, असोज ३ गते

भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १८ २०८१
  • भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

    काठमाडौँ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने तयारी भएको छ ।

    images
    images

    उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते आयोजना हुँदैछ । सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने छन् ।

    त्यसका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयलय स्रोतले जानकारी दिएको छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् ।

    दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको थियो । नेपाल भने सन् २००४ मा बिम्स्टेकको सदस्य भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट