Sep 19 2024 | २०८१, असोज ३ गते

काठमाडौंका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन १९ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन १९ २०८१
  • काठमाडौंका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

    images
    images

    विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको महाबौध्द फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो।

    प्राधिकरणका अनुसार महाबौद्ध सव स्टेशनभित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशनभित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

    उक्त क्षेत्रमा भूमिगत केबल जडान कार्य गर्नुपर्ने भएकाले विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

    तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भए सो समयभन्दा अगावै लाइन सुचारु हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट