Sep 17 2024 | २०८१, असोज १ गते

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २३ २०८१
  • नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

    काठमान्डौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार निधन भएको हो । 

    images
    images

    औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहनुभएका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् ।

    मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य रहे । गौशालालगायत अन्य पठ मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएका थिए । स्वर्गीय अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोराहरु राजेश र विष्णु छन् । 
    स्वर्गीय अग्रवालको पार्थिव शरीरलाई आज मंगलबार बिहान ११:३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । स्वर्गीय अग्रवालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष राजेशकुमार अग्रवाललगायत परिवाजनप्रति परिसंघ गहिरो समवेदना अर्पण गर्दछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार