Sep 17 2024 | २०८१, असोज १ गते

पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिगमा गुजरातबाट खेल्ने

पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिगमा गुजरातबाट खेल्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १३ २०८१
  • पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिगमा गुजरातबाट खेल्ने

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।

    images
    images

    आज भएको अक्शनमा पारसलाई गुजरात टिमले अनुबन्ध गरेको हो । उनलाई गुजरातले १२ लाख ५० हजार भारुको बेस प्राइसमै अनुबन्ध गरेको हो ।

    तेस्रो संस्करणको लिजेन्ड्स लिग आउँदो सेप्टेम्बर २० देखि शुरू हुनेछ । यसअघि पारस पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध भएका थिए ।

    लिजेन्ड्स लिगमा ६ वटा टोलीले सहभागिता जनाउँदै छन् । लिगमा सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरूले खेल्ने गर्छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार