ललिता निवास प्रकरण : तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रिटमा सकियो सुनुवाइ
ललिता निवास प्रकरण : तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रिटमा सकियो सुनुवाइ
![](https://everestheadlines.com/storage/favicon.png)
![](https://everestheadlines.com/storage/favicon.png)
![ललिता निवास प्रकरण : तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रिटमा सकियो सुनुवाइ](https://everestheadlines.com/media-file/images/2025/02/1739439457-9qYUY.jpg)
काठमाडौँ । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग दाबी गरिएको रिटमाथि सुनुवाइ सकिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो ।
सुनुवाइ सकिएकाले सम्भवतः फैसला बिहीबारै आउने सम्भावना रहेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए । न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा उनीहरु विरुद्ध रिट दायर गरेका हुन् ।
निवेदकले नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरेका थिए । अख्तियारले भने नेपाल र भट्टराईले नीतिगत निर्णय मात्रै गरेकाले मुद्दा नचलाउने निर्णय गरेको थियो ।