Aug 12 2026 | २०८३, साउन २७ गते

गृहमन्त्रीको सचिवालयको प्रस्टोक्ति ‘पशुपतिनाथ दर्शनबारे भ्रम फैलाउने दुस्प्रयास’

गृहमन्त्रीको सचिवालयको प्रस्टोक्ति ‘पशुपतिनाथ दर्शनबारे भ्रम फैलाउने दुस्प्रयास’

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ७ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ७ २०८२
  • गृहमन्त्रीको सचिवालयको प्रस्टोक्ति ‘पशुपतिनाथ दर्शनबारे भ्रम फैलाउने दुस्प्रयास’

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार बिहान सपरिवारसहित पशुपतिनाथ मन्दिरमा गरेको दर्शनपछि लिइएको तस्बिरलाई लिएर भ्रम फैलाउने दुस्प्रयास रहेको उनको सचिवालयले जनाएको छ ।

    images

    मन्त्री अर्यालले पशुपतिनाथ मन्दिर दर्शन गर्दा छालाको जुत्ता लगाएरै मन्दिर प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको बेला उहाँको सचिवालयले धार्मिक आस्थासँग जोडेर नियोजित प्रचारबाजी भएको जनाएको हो ।

    “मन्दिर दर्शनपछि दक्षिणतर्फको सडकमा लिएको तस्बिर हो । त्यहाँ जुत्ता लगाउन र फोटो खिच्ने मिल्ने स्थान हो ।’’ गृहमन्त्री अर्यालका स्वकीय सचिव धिरज जोशीले भने ।

    मन्त्री अर्यालको सचिवालयले सर्वसाधारणसरह गृहमन्त्री अर्याल र उनको परिवारले विधिपूर्वक पशुपतिनाथ मन्दिर दर्शन गरेको र मन्दिरबाट बाहिर निस्केपछि मात्र सामूहिक तस्बिर लिएको जनाएको छ ।

    साथै उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्री अर्यालले छालाको जुत्तासहित दर्शन गरेको प्रचारबाजीमा सत्य नभएको स्पट पारेका छन् ।

    पशुपति मन्दिर परिसर प्रवेश गर्दा छालाको जुत्ता, पर्स, बेल्ट लैजान पाइँदैन । हरेक दर्शनार्थीले यस्ता वस्तु बाहिरै राखेर मन्दिर प्रवेश गर्नुपर्छ ।

    मन्त्री अर्यालले पनि सोही अनुसार नै मन्दिर दर्शन गरेको उनको सचिवालयले स्पष्ट पारेको छ । सचिवालयले सार्वजनिक गरिएको तस्बिर र मन्दिर दर्शन गरेर फर्किसकेपछि मात्रै खिचिएको जनाउँदै भनेको छ “हामी स्पष्ट पार्न चाहन्छौं कि उक्त तस्बिर गृहमन्त्रीज्यूले दर्शन सकेर बाहिर निस्कने क्रममा, पशुपतिको मन्दिर परिसर बाहिर खिचिएको हो ।’’

    हामी सम्पूर्ण नेपालीहरूको आराध्यदेव श्री पशुपतिनाथसँग जोडेर यस्ता भ्रमपूर्ण सूचनाहरू सम्प्रेषण नगर्न नगराउन पनि सचिवालयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट