साढे ५ महिनापछि देउवा स्वदेश फर्किँदा विमानस्थलमा हलचल
साढे ५ महिनापछि देउवा स्वदेश फर्किँदा विमानस्थलमा हलचल
फर्किँदा विमानस्थलमा हलचल
काठमाडौं — स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज साढे ५ महिनापछि स्वदेश फर्किएका छन्। बैंकक हुँदै हङकङबाट थाई एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका देउवालाई स्वागत गर्न कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता तथा हजारौं कार्यकर्ता विमानस्थल पुगेका थिए।
गोल्डेन गेट, नमस्ते गेट र तिलगंगा आँखा अस्पताल अगाडिको खाली स्थानमा भेला भई बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी गरिएको थियो। यसैबीच जेनजी आन्दोलन नेपालले देउवाको निवासबाट ठूलो परिमाणमा रकम भेटिएको भन्दै विमानस्थलबाटै उनलाई नियन्त्रणमा लिई निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ।



यसै पृष्ठभूमिमा सरकारले त्रिभुवन विमानस्थल र वरपरको सुरक्षा व्यवस्था कडा बनाएको छ। सुरक्षा निकायले सम्भावित अवाञ्छित गतिविधि रोक्न थप जनशक्ति परिचालन गरेको जनाइएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
