Aug 17 2026 | २०८३, भदौ १ गते

करदाता प्रोत्साहन पुरस्कार: साउनको दोस्रो पाक्षिक विजेता आज घोषणा

करदाता प्रोत्साहन पुरस्कार: साउनको दोस्रो पाक्षिक विजेता आज घोषणा

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १ २०८३
  • करदाता प्रोत्साहन पुरस्कार: साउनको दोस्रो पाक्षिक विजेता आज घोषणा

    काठमाडौं। सरकारले सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक (साउन १६ देखि ३१ गतेसम्मको) पुरस्कार आज अर्थ मन्त्रालयमा घोषणा हुँदैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायको प्रमुख उपस्थितिमा हुने यस कार्यक्रममा जम्मा १७ जना भाग्यमानी उपभोक्ताले पुरस्कार जित्नेछन्। १६ जनाले दैनिक विजेताको हैसियतमा जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ, र एक जनाले पाक्षिक बम्पर विजेताको रूपमा १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

    images

    कार्यक्रमको पहिलो चरण अर्थात् साउनको सुरुवाती १५ दिनमा उपभोक्ताहरूको चासो निकै फितलो देखिएको थियो, त्यतिबेला जम्मा ७ हजार ७७ कारोबार मात्र दर्ता भएका थिए। तर दोस्रो पाक्षिकमा आइपुग्दा यो संख्यामा नाटकीय फड्को लागेको छ। साउन १६ देखि ३१ गतेसम्मको अवधिमा उपहारका लागि साढे तीन लाखभन्दा बढी, ठ्याक्कै भन्नुपर्दा ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल अपलोड भएका छन्। यसले सर्वसाधारणमा कार्यक्रमप्रतिको बुझाइ र भरोसा बढ्दै गएको संकेत गर्छ।

    आन्तरिक राजस्व विभागले तयार पारेको कार्यविधिअनुसार यो कार्यक्रम महिनाको दुई पटक हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन विजेता घोषणा गर्ने गरी डिजाइन गरिएको छ। महिनाको पहिलो १५ दिनको खरिद-बिक्री कारोबारका आधारमा पहिलो चरणको र बाँकी दिनका आधारमा दोस्रो चरणको विजेता छानिन्छ। हरेक छनोटमा प्रत्येक दिनका लागि एक जना दैनिक विजेता र समग्र पाक्षिक अवधिका लागि एक जना बम्पर विजेता कम्प्युटर प्रणालीमार्फत रोजिन्छन्।

    नगदमा किनमेल गर्ने उपभोक्ताले भने पुरस्कारको लागि योग्य हुन प्यान वा भ्याट बिल अनिवार्य रूपमा लिनुपर्छ र सो बिल विभागको वेबसाइट वा एपमार्फत अपलोड गरेर कुपन प्राप्त गर्नुपर्छ। डिजिटल माध्यमबाट भुक्तानी गर्नेहरूको भने प्रणालीमा स्वतः प्रविष्टि हुने व्यवस्था छ, जसका लागि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई आवश्यक सहजीकरण गर्न निर्देशन समेत दिइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट