Aug 12 2026 | २०८३, साउन २७ गते

निर्मल पूर्जा 'निम्सदाइ' लगायत ९ आरोहीको पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोबाट मृत्यु

निर्मल पूर्जा 'निम्सदाइ' लगायत ९ आरोहीको पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोबाट मृत्यु

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोबाट मृत्यु

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १७ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १७ २०८३
  • निर्मल पूर्जा 'निम्सदाइ' लगायत ९ आरोहीको पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोबाट मृत्यु

    काठमाडौं, साउन १७। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा 'निम्सदाइ'को पाकिस्तानको ब्रोड पिक (८,०५१ मिटर) मा हिमपहिरोमा परी दुःखद निधन भएको छ। गत साउन १५ गते (जुलाई ३०) मध्यदिनतिर क्याम्प २ बाट क्याम्प ३ तर्फ बढिरहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीमाथि विशाल हिमपहिरो खसेको थियो, जसको नेतृत्व पूर्जाले गरिरहेका थिए। टोलीमा उनीसहित थप चार जना नेपाली आरोही, पाकिस्तानी गाइड, ओमानी, अमेरिकी र चिनियाँ नागरिक गरी कुल दश जना समावेश थिए। घटनापछि 'Nimsdai Foundation' ले पूर्जासहित पुर बहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किलु पेम्बा शेर्पा, ग्याल्जेन शेर्पा र नवाङ थिन्डु शेर्पा गरी नौ जनाको मृत्युको पुष्टि गरेको छ, जबकि बाँकी आरोहीको खोजी तथा उद्धार कार्य पुनः हिमपहिरो हुनसक्ने जोखिमकै बीच जारी छ। ४३ वर्षीय पूर्जा ब्रिटिश सेनाका पूर्व सैनिक थिए, जसले सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा उच्च १४ वटै हिमशिखर जम्मा १८९ दिनमा आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए र नेटफ्लिक्सको वृत्तचित्र '१४ पिक्स, “Nothing is Impossible” मार्फत विश्वभर चिनिएका थिए। उनले नेपाली आरोहीहरूको अन्तर्राष्ट्रिय पहिचान बढाउन र उच्च हिमाली क्षेत्रका कामदारहरूको कल्याणका लागि समेत निरन्तर काम गरेका थिए।

    images

     नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पूर्जा र अन्य मृत आरोहीहरूको निधनप्रति गहिरो शोक व्यक्त गर्दै यसले सिंगो देशलाई नै स्तब्ध बनाएको बताएका छन्, भने 'Nimsdai Foundation' ले पूर्जाको जीवनयात्राले परिवर्तन गरेका असंख्य जीवनहरूमा उनको विरासत सधैं जीवित रहने बताएको छ। निर्मल पूर्जाको यो असामयिक निधनले नेपाली पर्वतारोहणको इतिहासमा गहिरो क्षति पुगेको धेरैको भनाइ छ।

    घटनाले झनै मन छुने कुरा के हो भने, हिमपहिरो हुनुभन्दा केही समयअघि मात्र पूर्जाले आफ्नो इन्स्टाग्राममा ब्रोड पिकलाई आफ्नो अभियानमा अन्तिम समयमा थपिएको नयाँ चुनौतीका रूपमा उल्लेख गर्दै हिमालसँगै सुरक्षित यात्राको कामना गरेका थिए। भारी हिमपातपछिको जोखिम देखेर अन्य केही अभियान टोलीहरू पहिले नै पहाड छाडिसकेका थिए, तर पूर्जाको टोली आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको थियो। जीवनभर "असम्भव भन्ने केही हुँदैन" भन्ने सन्देश बाँड्दै हिँडेका निम्सदाइ अन्ततः त्यही हिमालको काखमा सधैंका लागि सुतेका छन्, जुन विडम्बना नै आफैंमा हृदयविदारक छ।

    'Nimsdai Foundation' को वक्तव्यको भावार्थ : ब्रोड पिकको हिमपहिरोपछि फाउन्डेसनले सामाजिक सञ्जालमार्फत उनको मृत्युको पुष्टि गर्दै भनेको छ "हामी निम्सको मात्र होइन, यस त्रासदीमा गुमेका उनका विश्वासिला आरोही साथी र गाइडहरूको समेत शोक मनाउँछौं," र थपेको छ, "उनको जीवनयात्राले परिवर्तन गरेका असंख्य मानिसहरूमा, र उनले आफ्नै हिमाल चढ्न प्रेरित गरेका सबैमा, उनको विरासत सधैं जीवित रहनेछ।"

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट