Aug 17 2026 | २०८३, भदौ १ गते

गृहसचिव र प्रहरी प्रमुखसँगको व्यवहारमा असन्तुष्ट गृहमन्त्री, सांसद सुनारलाई सुनाए खरो जवाफ

गृहसचिव र प्रहरी प्रमुखसँगको व्यवहारमा असन्तुष्ट गृहमन्त्री, सांसद सुनारलाई सुनाए खरो जवाफ

मन्त्री गुरुङले भने, "उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन।"

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २९ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २९ २०८३
  • गृहसचिव र प्रहरी प्रमुखसँगको व्यवहारमा असन्तुष्ट गृहमन्त्री, सांसद सुनारलाई सुनाए खरो जवाफ

    काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग भएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले खुलेर असन्तुष्टि जनाएका छन्। यो घटना सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग जोडिएको हो।

    images

    गत बुधबार लेखा समितिको बैठकमा प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीबारे छलफल भइरहँदा सांसद सुनारले प्रहरी प्रमुखमाथि तत्काल छानबिन गरी निलम्बन र बर्खास्तगीको माग राखेका थिए। यसै विषयलाई लिएर शुक्रबार प्रतिनिधिसभाको कानुन समितिको बैठकमा गृहमन्त्री गुरुङले आफ्नो प्रतिक्रिया दिए।

    गुरुङका अनुसार, आफू अनुपस्थित रहेको बैठकमा मन्त्रालयका सचिव र प्रहरी प्रमुखलाई गरिएको व्यवहारप्रति मन्त्रालयकै ध्यान गएको छ। उनले कुनै पनि व्यक्तिविरुद्ध लागेको उजुरी वा आरोपको भरमा उसको चरित्रमाथि प्रहार गर्न नमिल्ने प्रस्ट पारे। मन्त्री गुरुङले भने, "उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन।"

    गुरुङले थपे, आरोप त जो कसैले पनि लगाउन सक्छ, तर त्यसको भरमा मात्रै कसैको प्रतिष्ठामाथि आघात पुर्‍याउनु उचित होइन। उनले गृह प्रशासनअन्तर्गत काम गर्ने कर्मचारीहरूले सरकारको मनसायअनुरूप नै काम गरिरहेको र मन्त्रालयका सहकर्मीहरूको मनोबल खस्किने खालका व्यवहारप्रति सजग हुनुपर्ने धारणा राखे।

    यसअघि पनि गृहमन्त्री गुरुङ प्रतिनिधिसभा सांसदहरूका प्रश्नमाथि दिइने जवाफलाई लिएर विवादमा तानिइसकेका छन्, जसमा उनले पछि माफीसमेत मागेका थिए। ताजा प्रकरणले गृहमन्त्री र सत्तारूढ गठबन्धनभित्रकै सांसदबीच तनाव बढेको देखाउँछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट