images

Nov 06 2026 | २०८३, कात्तिक २० गते

रसुवा जाने वैकल्पिक बाटो खुल्यो, तर पृथ्वी राजमार्ग अझै बन्द

रसुवा जाने वैकल्पिक बाटो खुल्यो, तर पृथ्वी राजमार्ग अझै बन्द

तर पृथ्वी राजमार्ग अझै बन्द

प्राधिकरणका अनुसार रसुवा जान चाहनेले नुवाकोटको विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्ख हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाएको छ। यो मार्ग हाल आवागमनका लागि खुला रहेको छ।

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १५ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १५ २०८३
  • रसुवा जाने वैकल्पिक बाटो खुल्यो, तर पृथ्वी राजमार्ग अझै बन्द

    काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएका सडकमध्ये केही सडक क्रमशः सञ्चालनमा आए पनि मुख्य सडक अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको सरकारले जनाएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अत्यावश्यक हेली उद्धार आवश्यक नपरेका व्यक्तिले उपलब्ध वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्। प्राधिकरणले हेली उद्धारको चाप कम गर्न र आपत्कालीन अवस्थामा मात्र हवाई उद्धार प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्राधिकरणका अनुसार रसुवा जान चाहनेले नुवाकोटको विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्ख हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाएको छ। यो मार्ग हाल आवागमनका लागि खुला रहेको छ।

    यता, धादिङवेशीबाट मास्टारतर्फ जाने पृथ्वी राजमार्ग परेवाटारमा सडक भासिएपछि दुईतर्फी नै बन्द भएको छ। यस खण्डका लागि हालसम्म कुनै वैकल्पिक मार्ग तय हुन सकेको छैन, जसका कारण यात्रुहरूलाई ठूलो सास्ती भोग्नुपरेको छ।

    सरकारले सडक पुनर्निर्माण तथा वैकल्पिक मार्ग खोज्ने कार्यलाई तीव्र बनाउँदै रहेको जनाए पनि हाल यातायात व्यवस्थापन प्रभावित क्षेत्रका बासिन्दा र उद्धार कार्यका लागि चुनौतीपूर्ण बनेको छ। सर्वसाधारणलाई यात्राअघि सडकको ताजा अवस्था बुझी मात्र यात्रा गर्न र सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न सरकारले अपिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट