images

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

कर्णालीमा हवाई सेवा प्रभावकारी बनाउन छलफल

कर्णालीमा हवाई सेवा प्रभावकारी बनाउन छलफल

दुर्गम क्षेत्रका बासिन्दाको पहुँच सहज बनाउन सरोकारवालाबीच समन्वयमा जोड

सोमबार, कात्तिक ९ २०८३
सोमबार, कात्तिक ९ २०८३
  • कर्णालीमा हवाई सेवा प्रभावकारी बनाउन छलफल

    काठमाडौं । कर्णालीका पहाडी जिल्लामा हवाई सेवा सहज र भरपर्दो बनाउन सरकारले पहल थालेको छ। उडान सञ्चालनमा बारम्बार देखिने अवरोध हटाउने उपायबारे संघ र प्रदेशका जिम्मेवार पदाधिकारी तथा वायुसेवा कम्पनीहरू एकै टेबुलमा बसेर छलफल गरेका छन्।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’को संयोजकत्वमा भएको बैठकमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि सहभागी थिए। मन्त्रालयका सचिव र सहसचिवसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले पनि छलफलमा भाग लिए।

    कर्णालीका दुर्गम पहाडी भेगमा उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीका प्रतिनिधिले आफूहरूले व्यवहारमा भोग्नुपरेका चुनौती प्रत्यक्ष रूपमा राखेका थिए। बैठकमा समस्याको जड पहिचान गर्दै सेवालाई थप प्रभावकारी बनाउने सम्भावित बाटोबारे विस्तृत छलफल भएको जनाइएको छ।

    दुर्गम क्षेत्रका बासिन्दाका लागि हवाई सेवा अत्यावश्यक पूर्वाधार भएकाले सरोकारवाला निकायबीच समन्वय बढाएर समाधान खोज्नुपर्ने सहभागीहरूले औंल्याएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार