Sep 16 2026 | २०८३, भदौ ३१ गते

के एल दुगड ग्रुपको राहत: रसुवा–नुवाकोटमा खाद्यान्न सहयोग

के एल दुगड ग्रुपको राहत: रसुवा–नुवाकोटमा खाद्यान्न सहयोग

रसुवा–नुवाकोटमा खाद्यान्न सहयोग

मंगलबार, भदौ १६ २०८३
मंगलबार, भदौ १६ २०८३
  • के एल दुगड ग्रुपको राहत: रसुवा–नुवाकोटमा खाद्यान्न सहयोग

    काठमाडौं — यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको छ।

    के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ। उक्त सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

    राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खानेतेल, बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो। विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्‍याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको हो।

    KL Dugar_1.jpg

    विपद्ले सिर्जना गरेको कठिन परिस्थितिमा खाद्यान्नजस्ता आधारभूत आवश्यकतासमेत प्रभावित परिवारका लागि चुनौतीपूर्ण बनेको अवस्थामा उनीहरूको दैनिकीमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको के एल दुगड ग्रुपले जनाएको छ।

    वर्षात् बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्‍याउने जनाएको छ। संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको पनि ग्रुपले बताएको छ।

    KL Dugar_3 (1).jpg

    दुःख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै के एल दुगड ग्रुपले यस्तो सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

    के एल दुगड ग्रुपको बारेमा
    सन् १९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको एक प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना र कम्पनीहरूको समूह हो। यस ग्रुपले मुख्यतया खाद्य सामग्री, खानेतेल, सिमेन्ट र इलेक्ट्रोनिक्स उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ। ग्रुप अन्तर्गत बजारमा ज्ञान, स्वास्तिक, सनफ्लो, तारा, तारा हेल्थ, मेधान, हिमालय कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइभिजा, औरा, र लिभप्योर लगायतका प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू रहेका छन्।

    KL Dugar_2 (2) (1).jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार