Sep 16 2026 | २०८३, भदौ ३१ गते

इरानको नाभिकीय स्थलमा पुनः पहुँच खोज्दै IAEA

इरानको नाभिकीय स्थलमा पुनः पहुँच खोज्दै IAEA

पहुँच खोज्दै IAEA

मंगलबार, भदौ २३ २०८३
मंगलबार, भदौ २३ २०८३
  • इरानको नाभिकीय स्थलमा पुनः पहुँच खोज्दै IAEA

    काठमाडौं — अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA)का प्रमुख राफेल ग्रोसीले इरानलाई आफ्ना नाभिकीय स्थलहरूमा पुनः पहुँच दिन आग्रह गरेका छन्, जसले तेहरानका लागि "अत्यन्त सकारात्मक असर" ल्याउने उनको भनाइ छ।

    अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्ताव पुनःसन्दर्भ गर्ने तयारी गरिरहेकै बेला ग्रोसीले IAEA सञ्चालक परिषद्को त्रैमासिक बैठक सुरु गर्दै यो आग्रह गरेका हुन्। "सकारात्मक परिणामका लागि सबैभन्दा राम्रो र छोटो उपाय भनेको इरानले हामीसँग संलग्न हुनु हो," ग्रोसीले पत्रकारहरूसँग भने।

    गत जुन २०२५ मा इजरायल र पछि अमेरिकाले नाभिकीय स्थलहरूमा आक्रमण गर्दै १२ दिने द्वन्द्व चलाएयता IAEA इरानका धेरै प्रमुख नाभिकीय स्थलमा पहुँच पाउन सकेको छैन। फेब्रुअरी २८ गतेदेखि सुरु भएको हालैको युद्धमा पनि यी स्थलहरू पुनः आक्रमणको निशानामा परेका थिए, जसले एजेन्सीलाई पुनः पहुँचको माग दोहोर्‍याउन बाध्य बनाएको छ।

    बैठकअघि जारी वक्तव्यमा ग्रोसीले इरानसँगको सम्पर्कको अभावलाई "दुःखद" भन्दै जबसम्म एजेन्सीले इरानको नाभिकीय गतिविधि मूल्याङ्कन गर्न आवश्यक पहुँच पुनः प्राप्त गर्दैन, तबसम्म बाँकी समस्याहरू समाधान नहुने बताएका छन्।

    जुन २०२५ को आक्रमणअघि IAEAको अनुमानअनुसार इरानसँग करिब ४४० किलोग्राम ६० प्रतिशत शुद्धतामा समृद्ध युरेनियम रहेको थियो। जो २०१५ को नाभिकीय सम्झौताअन्तर्गत तोकिएको ३.६७ प्रतिशतको सीमाभन्दा निकै बढी र हतियार-स्तरको समृद्धिनजिक मानिन्छ। आक्रमणपछि उक्त स्टकपाइलको हालको अवस्था अझै अस्पष्ट रहेको छ।

    इरानतर्फबाट भने अझै स्पष्ट प्रतिबद्धता आएको छैन। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले अगस्ट २६ गते नै "आक्रमणको निशानामा परेका स्थलहरू निरीक्षण गर्न IAEAले विशेष मापदण्ड र प्रोटोकल विकास नगरेसम्म त्यहाँ निरीक्षण गर्न सकिँदैन" भनेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार