Sep 16 2026 | २०८३, भदौ ३१ गते

त्रिशूली किनारमा भेटिए सिलिन्डर, युवाको इमानदार पहल

त्रिशूली किनारमा भेटिए सिलिन्डर, युवाको इमानदार पहल

युवाको इमानदार पहल

बुधबार, भदौ ३१ २०८३
बुधबार, भदौ ३१ २०८३
  • त्रिशूली किनारमा भेटिए सिलिन्डर, युवाको इमानदार पहल

    भदौ १० र १४ गतेको त्रिशूली बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएका खाना पकाउने ग्यासका सिलिन्डर गोरखातर्फको नदी किनारमा फेला परेपछि स्थानीय युवाहरूले संकलन गरी फिर्ता गरेका छन्। सहिदलखन गाउँपालिका–४ ठेउवाटारका युवाहरूले त्रिशूली किनारबाट संकलन गरेका ३० थान ग्यास सिलिन्डर वडाअध्यक्ष र प्रहरी चौकी रागिनासको रोहबरमा फिर्ता गरेका हुन्।

    फिर्ता गरिएका सिलिन्डरमध्ये १० थान भरिएका र बाँकी रित्तो रहेको वडाअध्यक्ष यमबहादुर थापाले जानकारी दिए। यी सबै सिलिन्डर हाल ठेउवाटारकै एक घरमा सुरक्षित राखिएको छ। यसका साथै त्रिशूली किनारका युवाहरूले बाढीले बगाएर ल्याएका ३ थान अक्सिजन ग्यास सिलिन्डर पनि संकलन गरी फिर्ता गरेका छन्।

    बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर नदी किनारका स्थानीयवासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासन तत्काल सक्रिय भई फिर्ता प्रक्रियामा संलग्न भएको थियो। यसअघि नै रसुवा र नुवाकोटका विभिन्न स्थानबाट बाढीले बगाएका सयौं ग्यास सिलिन्डर विभिन्न जिल्लाका नदी किनारमा भेटिँदै आएका छन्, जसलाई स्थानीय युवा क्लब, आमा समूह र प्रहरीको संयुक्त प्रयासमा संकलन गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने क्रम जारी छ।

    यसरी संकलित सिलिन्डरले भोटेकोशी बाढीले कति ठूलो परिमाणमा घरायसी सामग्री बगाएको थियो भन्ने पनि छर्लंग पारेको छ। स्थानीय युवा र सामुदायिक समूहको यस्तो जिम्मेवार पहलले विपद्पछिको सामग्री व्यवस्थापन र पारदर्शितामा टेवा पुर्‍याएको स्थानीयवासीको भनाइ छ। प्रहरीले भेटिएका थप सामग्री पनि सम्बन्धित निकायमार्फत सही ठाउँमा फिर्ता गर्ने प्र

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार