images

Sep 24 2026 | २०८३, असोज ८ गते

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान, वायुसेवा कम्पनीहरूलाई सतर्कता अपनाउन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान, वायुसेवा कम्पनीहरूलाई सतर्कता अपनाउन आग्रह

एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (AOAN) ले जारी गर्यो सर्कुलर, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित हावाहुरी र भारी वर्षाको जोखिम, बाढी-पहिरो र हिमपातको संभावना

#मौसमपूर्वानुमान #मौसमपूर्वानुमान #AOAN #वायुसेवा #गण्डकीप्रदेश #लुम्बिनीप्रदेश #बाढीपहिरो #हिमालीक्षेत्र #उडानसुरक्षा

बुधबार, असोज ७ २०८३
बुधबार, असोज ७ २०८३
  • असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान, वायुसेवा कम्पनीहरूलाई सतर्कता अपनाउन आग्रह

    काठमाडौं। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित हावाहुरी तथा भारी वर्षा हुने अनुमान गरिएको छ। यसैलाई मध्यनजर गर्दै एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (AOAN) ले सबै सदस्य वायुसेवा कम्पनीहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सर्कुलर जारी गरेको छ।

    मौसम विज्ञान विभागका अनुसार अन्य प्रदेशका केही स्थानहरूमा पनि मेघ गर्जनसहित चट्याङ, हावाहुरी र भारी वर्षा हुने सम्भावना रहेको छ। यसका साथै बाढी, पहिरो र भूक्षयको जोखिम पनि रहेको भन्दै विभागले जानकारी गराएको छ। शहरी तथा तराईका क्षेत्रहरूमा डुबानको जोखिम रहेको र साना तथा ठूला नदीहरूमा जलसतह बढ्ने सम्भावना रहेकाले नदी आसपासमा भएका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको सर्कुलरमा उल्लेख छ। साथै हिमाली क्षेत्रमा पनि भारी वर्षा र भारी हिमपातको सम्भावना भएकोले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    उक्त पूर्वानुमानका आधारमा AOAN ले सदस्य वायुसेवा कम्पनीहरूलाई उल्लेखित मितिहरूमा उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रत्याभूतिसहित उडान सञ्चालन गरिदिन अनुरोध गरेको छ। कुनै पनि कारण वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम भएको खण्डमा उक्त क्षेत्रमा तत्काल उद्धार कार्य सञ्चालन गर्नका लागि सदस्य वायुसेवा कम्पनीहरूलाई Standby बसिदिनुहुन समेत सर्कुलरमार्फत हार्दिक अनुरोध गरिएको छ। साथै नेपाल मौसम विज्ञान विभागको वेबसाइटको लिंकमार्फत मौसम सम्बन्धी विस्तृत जानकारी लिन समेत अनुरोध गरिएको छ।

    एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रताप जंग पाण्डेको हस्ताक्षरमा जारी यो सर्कुलर सबै सदस्य वायुसेवा कम्पनीहरूलाई पठाइएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट