एनआरएनएको बाढी राहत अभियान निरन्तर, प्रभावित परिवारसँग भेटघाट
एनआरएनएको बाढी राहत अभियान निरन्तर, प्रभावित परिवारसँग भेटघाट
प्रभावित परिवारसँग भेटघाट
काठमाडौं — भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान निरन्तर जारी रहेको छ।
अभियानअन्तर्गत एनआरएनएका महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) र महासचिव डा. चिरञ्जीवी खड्काले बाढीबाट प्रभावित परिवारसँग भेटघाट गर्नुभएको छ। नुवाकोटको उत्तरगया गाउँपालिका–वेत्रावती वडा नं. ५ का प्रभावित परिवारसँगको भेटका क्रममा उहाँहरूले परिवारको वर्तमान अवस्था, बाढीबाट भएको क्षति तथा तत्काल आवश्यक सहयोगका विषयमा जानकारी लिनुभएको छ। एनआरएनएको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा आगामी दिनमा आवश्यक सहजीकरण गर्ने विषयमा समेत कुराकानी गरिएको छ।
यसैगरी रसुवाका बाढी प्रभावित विभिन्न स्थानमा राहत पुर्याउने सम्बन्धमा सम्बन्धित स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरिएको छ। प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाबारे जानकारी लिँदै आवश्यक राहत सामग्री व्यवस्थापन गरिएको छ, र प्रभावित परिवारलाई राहत उपलब्ध गराउन आगामी बुधबार राहत सामग्री पठाउने तयारी गरिएको छ।