ग्लोबल आइएमई बैंकद्वारा ‘प्लाटिनम गल्फ २०२६’ आयोजना हुने
ग्लोबल आइएमई बैंकद्वारा ‘प्लाटिनम गल्फ २०२६’ आयोजना हुने
मंसिर १२ र १३ गते थलीको गोकर्ण फरेस्ट रिसोर्टमा हुने, ‘होल इन वान’ गर्नेलाई स्कोडा एसयूभी पुरस्कार
काठमाडौं, मंसिर ११ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६” प्रतियोगिता हुने भएको छ । बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ ।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगिताले सहभागी तथा खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव दिने विश्वास बैंकले व्यक्त गरेको छ ।
प्रतियोगिताअन्तर्गत ‘होल इन वान’ गर्ने खेलाडीका लागि आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कारका रूपमा राखिएको छ । साथै, अन्य विधाका विजेताहरूका लागि चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता आयोजनामा आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेले सहकार्य गरेका छन् ।
बैंकका अनुसार खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापना गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।
आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । साथै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित पुरस्कार पनि हासिल गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । हाल बैंकले ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ ।
यसका साथै, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकबाट औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
