Sep 19 2024 | २०८१, असोज ३ गते

हरितालिका तीज पर्व आज विशेष पूजा आराधना गरी मनाइँदै

हरितालिका तीज पर्व आज विशेष पूजा आराधना गरी मनाइँदै

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १४ २०७९
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ १४ २०७९
  • हरितालिका तीज पर्व आज विशेष पूजा आराधना गरी मनाइँदै

    काठमाडौं ।  हिन्दु नारीहरुको हरितालिका तीज पर्व आज विशेष पूजा आराधना गरी मनाइँदैछ। आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    images
    images

    धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

    पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन् भन्ने धर्म शास्त्रमा उल्लेख गरेको पाइन्छ  । 

    यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरू भएको शास्त्रीय मत छ ।

    संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

    सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट