images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

एआईमा अन्धाधुन्ध लगानी ओइरिंदै

एआईमा अन्धाधुन्ध लगानी ओइरिंदै

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • एआईमा अन्धाधुन्ध लगानी ओइरिंदै

    गत महिना फ्रेन्च स्टार्टअप कम्पनी मिस्ट्रल एआईले १० करोड डलरभन्दा बढी पुँजी जुटाएपछि एआइमा लगानी किन बढाइँदैछ भनेर चासाे बढ्न थालेकाे छ । 

    images
    images
    images

    जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको सम्भावनालाई लिएर अहिले लगानिकाे उत्साह देखिएको आंकलन गरिएकाे छ ।  एआईले प्रयोगकर्ताको संकेतको जवाफ दिँदै ओरिजिनल टेक्स, इमेज र अन्य कन्टेन्ट क्रिएट गर्न सक्छ ।  तर, केही लगानीकर्ता र उद्योग जगतका मानिस लगानी देखेर चिन्तित छन् । कारण, न यसको कमाइ छ, न आधुनिक उत्पादन छ, न सही विशेषज्ञ नै । 

    पिचबुकको तथ्यांकअनुसार भेन्चर क्यापिटलहरूले २०२३ को पहिलो त्रैमासमा जेनेरेटिभ एआईमा ११ अर्ब डलरभन्दा बढी लगानी गरेका छन्, जुन गत वर्षको तुलनामा पाँच गुणा बढी हो । गत वर्ष पहिलो त्रैमासमा १.१ अर्ब डलर लगानी गरेका भेन्चर क्यापिटलले दोस्रो त्रैमासमा २.२ अर्ब, तेस्रो त्रैमासमा १.१ अर्ब र चौथो त्रैमासमा ९० करोड डलर लगानी गरेका थिए । 

    गत वर्ष नोभेम्बरमा च्याटजिपिटी लन्च हुनु नै अहिलेको उत्साह रहेको ई–कमर्स कम्पनी लाइडस्पिडका मेयरोड बताउँछन् । धेरैजसो संस्थापक अनुदानका लागि जेनेरेटिभ एआई उल्लेख गर्नेको संख्या निकै बढेको पनि मेयरोड बताउँछन् । एआईमा लगानी गर्ने लगानीकर्ता ठूलो कमाइधमाइवाला होइनन् । उनीहरूको इच्छा एआईबाट उत्पात कमाउने पनि छैन । विश्वका शीर्ष पाँचवटा एआईकेन्द्रित एक्स्चेन्ज–ट्रेडेड  फन्ड प्रवाह यसको सुरुवातदेखि औसत ३५ प्रतिशत बढेको देखिन्छ । साथै, २०२२ को मारपछि प्रविधिजन्य सेयर बजार (नस्दाक सूचकांक) ४२ प्रतिशतले वृद्धि भएको थियो, जुन एस एन्ड पी–५०० सूचकांकभन्दा निकै अगाडि हो । 

    यस्तै, मे महिनामा जेनेरेटिभ एआईलाई पावर दिने विशेष खालको माइक्रोचिप्स बनाउने अमेरिकी निर्माता एनभिडिया १० खर्ब डलरको बजार पुँजी पुग्ने विश्वकै छैटौँ कम्पनी बन्यो । यो वर्षको सुरुवातदेखि यसको सेयर २०७ प्रतिशतले बढेको छ । तर, एनभिडियाको सेयरले मूल्यदेखि कमाइ अनुपातमा पनि सेयर कारोबार गरेको छ । जति अनुपात उच्च हुन्छ, स्टकको भ्यालु पनि त्यति नै बढी हुने सम्भावना हुन्छ । तुलनात्मक रूपमा एस एन्ड पी–५०० का कम्पनीले २४ प्रतिशतको अनुपातमा सोही अवधिमा कारोबार गरेका थिए । 

    एनभिडिया नाफामा हुँदा सी–थ्री एआई कम्पनीको सेयर यो वर्ष २४० प्रतिशतले बढ्न पुग्यो । अब यस्तो वृद्धि न यो वर्ष हुन्छ, न अर्को वर्ष हुने अपेक्षा नै गर्न सकिन्छ । लगानीकर्ताका अनुसार अहिलेको अवस्था ‘डट कम बबल’को जस्तै छ । 
    जसरी सन् १९९८ को दशकमा लगानीकर्ताले डट कममा लगानी खन्याए, १९९९ मा नस्दाक एक्स्चेन्ज एक्लैको भ्यालु दोब्बर बढी पुगेको थियो । तर, गोल्डम्यान स्यासका अनुसार तीव्र महत्वाकांक्षा र उच्च मूल्यांकनले गर्दा अधिकांश स्टार्टअप कम्पनीले न कुनै आम्दानी गर्न सके न नाफा नै । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट