images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

माेबाइलकाे सही प्रयाेग यसरी गराैं

माेबाइलकाे सही प्रयाेग यसरी गराैं

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • माेबाइलकाे सही प्रयाेग यसरी गराैं

    दैनिक जीवनमा अनिवार्य बनेको मोबोइल फोनले हामीलाई यति अभ्यस्त बनाएको छ की यो बेगर बस्नै नसकिने अवस्थामा पुगिसकेका छाै‌। जीवनकाे अभिन्न अंगकाे रुपमा स्थापित भइसकेकाे माेवाइलकाे सही प्रयाेग गर्न नजान्दा जीवनमा अनावश्यक झन्झट आइलाग्ने हुन्छ ।

    images
    images
    images

    हामीले प्रयोगमा ल्याइरहेको मोबाइल असुरक्षित हुन सक्छ, जसले हाम्रा महत्वपुर्ण सूचनाहरु अन्य व्यक्ति वा ह्याकरहरुको हातमा समेत जाने समस्या हुन सक्छ । हामीले मोबाइल चलाउँदा वा एप्लिकेसन्स डाउनलोड गर्ने समयमा होस नपुर्‍याउँदा वा लापरवाही गर्दा ठूलो दु:ख मात्रै नभइ क्षतिसमेत व्यहोर्नु पर्ने हुन सक्छ।  यसकारण हामीले प्रयोग गर्ने स्मार्टफोन सधैं सुरक्षित राख्नु जरुरिसमेत छ ।


    यसरी सुरक्षित गरौं ह्याण्डसेट र स्मार्ट फोन :

    -   गूगल प्लेस्टोर वा एपस्टोर (अफिसियल रिपुटेड एप स्टोर) बाट मात्र रेटसङ  तथा रिभ्यू को आधारमा मात्रै एप डाउनलोड          गरी  इन्सटल गर्नुपर्छ ।
    -   एप इन्सटल गर्दा एपले क्यामेरा एक्सेस/ लोकेसन ट्र्याकिङ/ कन्ट्र्याक्टर मिडिया/ अडियो/ फाईल एक्सेसको अनुमती माग         गरेमा डेनी टुल्स किल्क गर्नु उपयूक्त हुन्छ ।

    -  कुनै पनि एप इन्सटल गर्नुभन्दा अगाडि सो एपसँग सम्बन्धित इण्ड- यूजर एग्रिमेन्टतथा एपको प्राइभेसी पोलिसी अनिवार्य पढ्ने     गरौं । एपले मोबाइलको कुन - कुन डाटा एक्सेस गर्छ र एपमार्फत  थर्डपार्टीहरुलाई शेयर हुने व्यक्तिगत विवरण सम्बन्धमा         जानकारी राखौं।

    - मोबाइललाई बलियो पासवर्ड तथा स्मार्ट फोन भए डिजिटल औंठाछाप जस्ता बायोम्याट्रिक लगइन प्रयोग गर्ने गरौं । पासवर्ड      समयसमयमा परिवर्तन गर्ने गरौं । स्मार्ट फोनलाई जेलब्रेकर रुट गरी प्रयोग नगरौं ।   भेटिएको स्मार्ट फोनको प्रयोग कहिल्यै       नगर्ने, प्रयोग नभएको बेला मोबाइल ह्याण्डसेटलाई लक गरेर राखौं । साथै अटोलक हुने गरी फोनको सेटिङमा कन्फिगर गरौं।

    - मोबाइल फोनको सफ्टवेयर (अपरेटिङ सिस्टम/ एप्लिकेसन) लाई नियमित रुपमा अपडेट गर्ने तथा मोबाइल फोनको सुरक्षाको     लागि अनिवार्य जेनुन फारवेल/ एन्टी भाइरस र मोबाइल सेक्युरिटी सोलुसनको प्रयोग गरौं । 
    - प्रयोग नहुने बेला मोबाइल फोनको वाईफाई, ब्लुटुथ,मोबाईल डाटा आदिलाई बन्द गरी राखौं। अरुले मोबाइल फोनको प्रयोग       गर्न नसक्ने गरी  तथा मोबाइल ट्रयाकिङ हुन सक्ने गरी सेटिङ गरौं । 
    - कम्पिलिट्ली ह्विपआउटगर्न सक्ने गरी तथा सिमकार्ड परिवर्तन गरेमा कुनै निश्चित नम्बरमा अलर्ट आउने गरी कन्फिगर गरौं।      यस्ता सेटिङले मोबाइल हराएमा भेट्टाउन सहयोग पुर्‍याउँछ र मोबाइलमा भएका     व्यक्तिगत विवरणहरुमा अरुको पहुँच         पुग्नबाट बचाउँछ।
    - मोबाइलमार्फत डिजिटल कारोबार गर्दा असुरक्षित हुने फ्रि पब्लिक वाईफाईरहटस्पोटको प्रयोग नगरौं। मोबाइल ह्याण्डसेटमा       हुने संवेदनशील डाटाको ब्याकअप राखौं । साथै मोबाइलमासमेत उक्त संवेदनशील    डाटालाई इनक्र्प्सन गरेर राखौं। 
    - मल्टी- फ्याक्टर अथेन्टिकेसन जस्तै टू फ्याक्टर अथेन्टिकेसन(मोबाईल नंबर, ओटीपी,फिङगर प्रिन्ट इत्यादि ) को प्रयोग गरौं ।     अपरिचित मोबाइल नम्बररइमेलर ह्वाट्सएपरभाईवररम्यासेन्जर आदिबाट       आएको सन्देश, फोनकल लगायतलाई रिप्ले/        रेस्पोन्स नगरौं ।
    - फ्रिवेयर,पाईरेटेड सफ्टवेयररग्याम, फ्रि म्युजिकरभिडियो, अश्लीलसामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेबसाइटहरुको प्रयोग     गर्ने, पपअप लिकंमा जथाभावी किल्क नगर्ने तथा फ्रिवेर/ सेयरवेयर तथा पाईरेटेड सफ्टवेयर,ग्याम, फ्रि म्युजिक,भिडियो             डाउन  लोड नगरौं। मोबाइल फोनलाई सजिलै अरुको पहुँच पुग्ने गरी यतिकै नछाडौं।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट