Aug 12 2026 | २०८३, साउन २७ गते

आँखा पाक्ने रोगले समस्याको रुप लिँदै,विद्यालयहरू पाँच दिनका लागि बन्द

आँखा पाक्ने रोगले समस्याको रुप लिँदै,विद्यालयहरू पाँच दिनका लागि बन्द

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २१ २०८०
  • आँखा पाक्ने रोगले समस्याको रुप लिँदै,विद्यालयहरू पाँच दिनका लागि बन्द

    सिन्धुली । आँखा पाक्ने रोग फैलिएर प्रकोप हुन थालेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिएको छ ।

    images

    २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्मका लागि सामुदायिक, संस्थागत विद्यालयहरू बन्द गरिएको नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिए । विद्यार्थी तथा शिक्षकहरूमा समेत आँखा पाक्ने रोगबाट ग्रसित भएकाले नफैलियोस् भनेर विद्यालय बन्द गर्नुपरेको नगरप्रमुख पोखरेलको भनाइ छ ।

    सिन्धुली अस्पताल तथा सदरमुकामका मेडिकलहरूमा आँखा पाक्ने रोगको औषधि लिनका लागि दुई दिनअघिदेखि भीड बढेको छ । नगरपालिकाले सरसफाइ, आँखामा चस्मा र भिडभाडमा नजानका लागि अनुरोध गरेको छ ।

    औषधि व्यवसायी माधव देवकोटाकाले आँखा पाक्ने रोगको औषधि लिनका लागि बिरामीहरू ओइरिएको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट