images

Jul 27 2024 | २०८१, साउन १२ गते

आधुनिक चलचित्र भवनको सङ्ख्या बढ्दो

आधुनिक चलचित्र भवनको सङ्ख्या बढ्दो

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
  • आधुनिक चलचित्र भवनको सङ्ख्या बढ्दो

    काठमाडौँ । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा आधुनिक तथा सुविधासम्पन्न भवन पर्न थालेका छन् । 

    images

    अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् । यसले पनि दर्शकको रोजाइलाई प्रस्ट्याउँछ । 

    प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताए । उनले भने, “अहिले सानो क्षमताका भए पनि आधुनिक प्रविधि र सुविधासम्पन्न भवन गाउँसम्म पुगेका छन्, पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रुपान्तरण भएका छन् ।”

    उनले नेपालमा ‘थ्री डी’ चलचित्र हेर्न पाइने भए तापनि विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिए । “आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ, अहिले भइरहेको आधुनिक प्रविधिलाई मोफसलका सहरमा पु¥याउनेतर्फ हामी केन्द्रित छौँ”, महासचिव महर्जनले भने ।

    चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले नेपालमा डिजिटल प्रविधि भित्रिएसँगै चलचित्र हेराइमा आधुनिकता देखिएको बताए । उनले भने, “अहिले एकल पर्दा रहेका पुरानो शैलीका चलचित्र भवन लगभग छैनन्भन्दा फरक पर्दैन, दर्शक त्यस्ता हलमा जानै छाडेका छन्, उहाँहरु पनि गुणस्तरीय प्रविधिमा नै चलचित्र हेर्न चाहनुहुन्छ ।” 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार