Aug 12 2026 | २०८३, साउन २७ गते

मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ : मन्त्री बस्नेत

मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ : मन्त्री बस्नेत

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १५ २०८०
  • मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्छ : मन्त्री बस्नेत

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन्। मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन्।

    images

    उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए। उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए।

    कर्मचारीहरुले भनेका मानिसहरुलाई पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्नसमेत उनले गरेका छन्। उनले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाए।

    उनले भने,’यहाँ पक्षपातका कुरा उठे। कसले के पक्षपात गरेको छ। आफूले पाए पक्ष हुने नभए पात हुने त हो नि। आफूले पाएमात्रै पक्ष हुन्छ। त्यही होइन कुरा। त्यो ८ सय चानचुनले पनि सबले पक्षपात गरे भनेर गएका छन्। तर कमसेकम दुर्गम जिल्लाका बिरामीले पनि अनुहार हेर्न पाएका छन्। धेरै टसमस भएको थियो। मन्त्रीले जबरजस्ती गर्यो भन्ने कुरा पनि थियो । जबरजस्ती मैले गरेको होइन, जबरजस्ती गर्नेहरुालई ठेगान लगाएको हो। म भोलि पनि यस्तो काम गर्छु। मैले गरेको निर्णयले वा मन्त्रालयले गरेको कुनै निर्णयले धेरै जनताले चाहेको हित हुन्छ भने। घुर्की, थर्काउने, सोर्स लगाउने, एउटा व्यक्तिले तीन वटा पार्टीका सभापतिलाई भन्न जाने कुरा मेरो पालामा चल्दैन, चल्न दिएको छैन। आस्थका बारेमा केही कुरा उठ्यो, मैले निर्णय गर्ने बित्तिकै सम्बन्धित पार्टीको प्रमुखमा बस्नेहरुलाई महाशाखा प्रमुखमा अझै नै राखिछोडेको छु। गफ दिनुहुन्छ। दुई वर्ष पुगेकाहरुलाई। निर्णय गर्न पाएको छैन पुगिसक्छ। पार्टी प्रमुख कहाँ। कयाबिनेटमा पुगेको छैन, यहाँ न्युज आइसकेको हुन्छ । का.मु लेख्नुस् भन्यो, निमित्त लेख्छन्। यहाँ अराजक छ। यो मन्त्रालय राफसाफ गर्न दुई वर्ष लाग्छ। अहिले केही हदसम्म भएको छ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट