images

May 02 2024 | २०८१, वैशाख २० गते

बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १२ २०८०
  • बौद्धमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी

    काठमाडौँ । विश्व चर्चित आठ कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन् । यो शब्दको अर्थ हुन्छ, अस्थायी जीवनको हिस्सा । 

    images
    images

    प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक सत्र चलिरहेको छ । विश्वचर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरुङ खिन्से नोर्बु कला प्रदर्शनीमा सहभागी छन् । उनी निर्देशित ‘हेमा हेमा’, ‘डाकिनी’, ‘पिग एट द क्रसिङ’ लगायतका चलचित्र प्रसिद्ध छ । 

    “कुनै समय बाँझो मैदान रहेको ठाउँमा पुराना भवनका भग्नावशेष पन्छाएर जग बसालिएको लिच्छवि हाउस अहिले रुपान्तरणको अवस्थामा छ । जहाँ चाँडै अब समकालिन संस्कृतिको केन्द्र बन्दैछ”, उनले भने । 

    लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित भएको प्रतिक्रिया दिइन् । उनका अनुसार प्रदर्शनीमा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन् ।

    “सिर्जनात्मक चेतले परम्परागत सीमा तोडेर चलचित्र, फेसन र श्रव्यदृश्य कलामा रोमाञ्चक कथा सिर्जना गर्छन् जसले दर्शकको चाखलाई गहिरोसँग प्रतिविम्वित गर्छ”, कार्यक्रम प्रमुख प्रधानले बताइन् । चैत ११ गतेदेखि सुरू गरिएको प्रदर्शनी १७ गतेसम्म चल्ने आयोजकले बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट