images

Jul 24 2024 | २०८१, साउन ९ गते

आइसिसी टी–२० विश्वकपः अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

आइसिसी टी–२० विश्वकपः अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
  • आइसिसी टी–२० विश्वकपः अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

    अमेरिका । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । 

    images

    त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता  रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त  गरेका थिए ।

    टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो ।  

    आजको पहिलो खेलमा क्यानडाले अमेरिकालाई एक सय ९५ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको हो । अमेरिका र क्यानडाबीचको खेल जारी छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार