images

Jul 06 2024 | २०८१, असार २२ गते

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्बमाथि 

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्बमाथि 

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १९ २०८१
  • सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्बमाथि 

    काठमाडौँ। साताको कारोबारको चौथो दिन आज सेयर बजारमा आज सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २१०४ दशमलव २२ को विन्दुमा पुगेको छ ।

    images
    images

    आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको छ ।

     १३ उपसमूहमध्ये ५ वटा बढ्दा ८ वटा घटेको छ । सर्वाधिक घट्नेमा निर्माण कम्पनी रहँदा विकास बैंक, फाइनान्स र अन्य कम्पनीहरू सर्वाधिक बढेका छन् ।

    बुधबार सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज मञ्जुश्री फाइनान्सको कारोबार सर्वाधिक भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार