images

Jul 24 2024 | २०८१, साउन ९ गते

एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार २६ २०८१
  • एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

    काठमाडौँ । माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा  दुईजना पक्राउ परेका छन् ।

    images

    प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको राससलाई जानकारी दिए । अच्युत रेग्मी

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार